अभिनेत्री वर्षा राउतलाई तनाव भैरहेको छ । उनले, गतबर्ष २ वटा फिल्म खेल्ने निर्णय गरिन् । फिल्म जात्रै जात्रा रिलिज भएको ८ महिनापछि उनले २ फिल्म साइन गरेकी थिइन् । जसमा, के घर के डेरा र २ नम्बरी हुन् । यी दुबै फिल्मको छायांकन सुरु हुन सकेको छैन । कोभिडपछि पनि उनी व्यस्त बन्न सकिनन् । यी दुबै फिल्मको काम कहिलेबाट सुरु हुन्छ पक्का भएन ।

किनकी, फिल्म २ नम्बरीको छायांकन सर्दा सर्दै भदौमा पुगेको छ । यसरी हेर्दा, वर्षासँग फिल्म छैन । नयाँ फिल्मको अफर नहुनु, पुरानो फिल्मको छायांकन सुरु हुन नसक्नु, वर्षालाई तनाव छ । फिल्म क्षेत्रका अन्य अभिनेत्री व्यस्त भएको बेलामा वर्षालाई भने फिल्मको अफर नआएर पनि तनाव । साइन गरिसकेका २ फिल्मको पनि छायांकन कहिलेबाट सुरु हुने भन्ने पक्का छैन । तनाव वर्षालाई छ ।

For More videos Log on to Mazzako TV