अभिनेता आकाश श्रेष्ठ फिल्म ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकेर नेपाल फर्किएका छन् । उनीसँगै फिल्मकी मुख्य अभिनेत्री पूजा शर्मा, निर्देशक सुदर्शन थापा, कोरियोग्राफर कविराज गहतराज, छायांकार सौरभ लामा लगायतको टिम नेपाल आएको हो ।

नेपाल आएका उनीहरुले भदौको १८ गते नै फिल्म चल्ने बताएका छन् । अभिनेता आकाश श्रेष्ठ भने अनमोल केसीको फिल्म ए मेरो हजुर ४ सँग जुध्ने बिषयमा मौन नै छन् । उनले भदौमा फिल्म रिलिज हुने बताएपनि अनमोलसँग फिल्म जुध्ने बिषयमा केही पनि बोल्न चाहेनन् ।

उनले, फिल्मको टिमले अब के निर्णय गर्छ हेरौ मात्र भने । भदौ १८ मा फिल्म ए मेरो हजुर ४ ले प्रदर्शन मिति तोकिसकेको छ । अब, फिल्म सम्हालिन्छ कहिले मन पनि आउने भएपछि अनमोल, सुहानाको आकाश र पूजासँग भिडन्त हुने भएको छ ।

For More videos Log on to Mazzako TV