अभिनेत्री सुहाना थापा फिल्म ए मेरो हजुर ४ को छायांकनका लागि से फोक्सुन्डो ताल पुगेकी छिन् । यो फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका छ । यो फिल्मलाई झरना थापाले निर्देशन गरिरहेकी छिन् भने फिल्म सुहानाकै होम प्रोडक्शनबाट बनिरहेको छ । अभिनेत्री सुहानाले २ वटा फिल्ममा काम गरिन् । तर, दुबै फिल्म उनले घरकै काम गरिन् ।

घर बाहिरका फिल्मबाट अफर आएपनि उनले काम गरेकी छैनन् । आखिर किन त ? सुहानाका अनुसार, उनले जुन खालको टिम आफ्नो होम प्रोडक्शनमा पाइरहेकी छिन् यसले उनलाई निखारिरहेको छ । उनी, चाहन्छिन् कि अझै निखारिन । आफू निखारिएपछि मात्र बाहिरी ब्यानरको फिल्ममा जाने उनले बताएकी छिन् ।

आमा झरना थापाको चाहना पनि यही भएर आफूले होम प्रोडक्शनकै फिल्ममा काम गरिरहेको सुहानाले बताएकी छिन् ।

For More videos Log on to Mazzako TV