परदेशी युवाको कथामा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘लालुमै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । मनोवादको आवाज, शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् । गीतको सङ्गीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् ।

सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमीला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा विजय बराल, घनश्याम जोशी, मौसम खड्का, राज न्यौपाने, उत्तम राज पाण्डे, शक्ति राई, उमेश तामाङ , रञ्जना ओली र सुरज तमु लगायत को अभिनय रहेको छ । नवीन बाबु गुरुङ र सुशील तामाङले संयुक्त रूपमा खिचेको भिडियोको सम्पादन र कलरिङ् निशान घिमिरेले गरेका हुन् ।

For More videos Log on to Mazzako TV