अभिनेत्री अदिती वुढाथोकीको मुख्य भूमिका रहने फिल्म ‘बाबरी’मा अभिनेता हेरफेर गरिएको छ । यो फिल्मको सुरुवातमा गायक नितेशजंग कुँवरले अभिनय गर्ने पक्का भएको थियो । तर, फिल्म छायांकनमा जानु भन्दा केही दिन अगाडि अभिनेता परिवर्तन गरिएको छ । अब, यो फिल्ममा अभिनेता धिरज मगरको इन्ट्री भएको छ ।

धिरजले यो फिल्म साइन गरिसकेका छन् । आई एम ट्वान्टी वान सकेका धिरजले अब यो फिल्मको छायांकन चैत्र २० गतेबाट सुरु गर्दैछन् । यो फिल्ममा अभिनेत्री तृत्ती नाडकरका छोरा धिरज टोटलानीको पनि अभिनय रहनेछ । धिरले सिक्किममा खिचिने दृश्यमा अभिनय गर्नेछन् । बाबरीलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

यो फिल्मको छायांकन चैत्र २० गतेबाट सुरु गर्ने तयारी गरिएको छ । कोभिड अघि नै छायांकनमा जानुपर्ने फिल्म कोभिडका कारण छायांकनमा जान सकेको थिएन । फिल्म इन्टु मिन्टु लण्डनमामा काम गरेपछि स्टार बनेका धिरले अदितीसँग पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । अदितीले पनि फिल्म कृपछि यो फिल्म काम गर्न लागेकी हुन् ।

For More videos Log on to Mazzako TV