अभिनेत्री विपना थापा १४ बर्षपछि नेपाली फिल्मको कार्यक्रममा सहभागी भइन् । १० औं नेफ्टा फिल्म अवार्डमा सहभागी हुन नेपाल आएकी विपनाले आफूलाई फिल्म क्षेत्रले विर्सिएको भन्दै चित्त दुखाइन् । १४ बर्षपछि कुनै फिल्मको कार्यक्रममा सहभागी भएको उनको भनाई थियो । विपनाले कार्यक्रममा सहभागी हुँदा आफूलाई निकै खुशी लागेको र यो खुशी व्यक्त गर्न नसक्ने उल्लेख गरिन् ।

यसो भनिरहँदा विपना भावूक बनेकी थिइन् । उनले, आफूले कुनै समय १११ वटा नेपाली फिल्म खेलेको बताउँदै आफूलाई फिल्म क्षेत्रले विर्सिएको बताइन् । तर, चलचित्र प्राविधिक संघले आफूलाई याद गरेको उनको भनाई थियो । निरुताले आफु नेपाल भन्दा बाहिर भएकाले पनि फिल्म क्षेत्रले विर्सिएको हुनसक्ने बताइन् ।

विपनाले चाडै नै फिल्म खेल्ने पनि बताएकी थिइन् । उनले, कोभिड अगाडि नै फिल्मका लागि कुरा भएको तर कोभिडले काम अगाडि बढ्न नसकेको बताएकी छिन् । उनले आफू १५ दिन नेपालमै रहने पनि बताएकी छिन् ।

For More videos Log on to Mazzako TV