नायिकाद्वय बिपना थापा र निरुता सिंह नेपाल आएका छन् । यसपटक उनिहरु अवार्डमा सहभागी हुनको लागि नेपाल आएका हुन् । नेपाल चलचित्र प्राविधिक संघले गर्न लागेको दशौं नेफ्टा अवार्ड यही शनिवार सोल्टी होटलमा हुदैँछ । चलचित्र क्षेत्रको निकै चर्चित यस अवार्डमा सहभागी हुनका लागि भारतबाट बिपना र निरुता नेपाल आएका हुन् ।

यो अवार्ड समारोहमा सिने नगरीमा महानायक राजेश हमाल सहित बिभिन्न प्रतिष्ठित ब्यक्तित्वहरुको पनि उपस्थिती रहने भनेर बुझिएको छ । नेफ्टा अवार्डमा यसपाली २०७५ सालमा रिलिज भएका चलचित्रहरु मध्येबाट बिभिन्न बिधामा उत्कृष्टलाई अवार्ड प्रदान गरिने भनेर चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी गराएका छन् ।

प्राय बिदेशमा आयोजना गरिदै आएको यो अवार्ड कोभिडका कारणले गर्दा नेपालमै आयोजना गरिएको छ । यो अवार्डले सिने नगरीलाई फेरि चलायमान बनाउने पनि अपेक्षा गरिएको छ । अवार्डमा सहभागी हुन नेपाल आएका बिपना थापा र निरुता सिंहले अवार्डमा कस्तो प्रस्तुती दिनेछन्, केही बिशेष पनि छ, कि ? त्यो थाहा पाउन मज्जाको टिभी हेर्दै गर्नुहोला ।

For More videos Log on to Mazzako TV