बाल प्रस्तुती, ‘ओफा’को ढुकढुकी
यहि ज्येष्ठ २३ गते ‘ओफा’ (अनलाइन फिल्मी खबर एवार्ड २०७१) एवार्डको दोस्रो सम्स्करण हुन लागेको छ । सोहि अवसरमा थुप्रै नेपाली कलाकारले आफ्नो जोडदार प्रस्तुती दिन लागेका छन् । त्यसमध्ये पनि यसपाली बाल कलाकारहरुको प्रस्तुती बिषेश हुने बताईएको छ । ‘नाइ न भन्नु ल २’ का हिट बालजोडी अनुभव रेग्मी र सुज्ञानी भट्टराईले पनि आफ्नो प्रस्तुती दिने बुझिएको छ ।
अनुभव र सुज्ञानीले यतिबेला करियोग्राफर कविराज गहतराजसँग नृत्यको स्टेप्सहरु सिकिरहेका छन् । ‘स्टेप्सहरु सबै सजिलै सँग समातेका छन्,यी दुइको एवार्डमा भिन्न खाले प्रस्तुति हुने बिश्वास लिएको छु’, नृत्य निर्देशक गहतराज बालजोडीको नृत्यकलाको बारेमा यस्तो प्रतिक्रिया दिन्छन् । त्यस्तै कार्यक्रममा बालगायक प्रेम परियारले पनि आफ्नो सुरिलो स्वरको जादुले सबैलाई लठ्ठ पार्नेछन् ।
एवार्डलाइ अझ मनमोहक बनाउन यशराज र बर्षा सिवाकोटिले ७० सालको हिट गीत ‘स्लोली स्लोली’मा मज्जाले कम्मर मर्काउने भएका छन् । त्यस्तै, अभिनेता गजित बिष्ट, अभिनेत्री निश्मा घिमिरे र करियोग्राफर गाम्भिर बिष्टको बिषेश प्रस्तुती पनि अवार्ड समारोहमा देख्न पाईनेछ ।
कमलादीस्थित प्रज्ञा भवनमा हुने उक्त अवार्ड समारोहमा सिंगो फिल्म क्षेत्रको उपस्थिती हुने एवार्डका निर्देशक सुरेश दर्पण पोख्रेलले जानकारी गराएका छन् । अवार्डको नोमिनेसन यसै साता सार्वजनिक गरिदैछ । कुल २० बिधामा एवार्ड बितरण गरिने छ, जसमा लाइफ टाईम अचिभमेन्ट एवार्ड पनि समबेश गरिने छ ।