नेपाली फिल्ममा अभिनेता राजेश हमाल र धिरेन शाक्यको दुश्मनीको चर्चा आज पनि चल्छ । दुबै जना चलेको समयमा धिरेनले राजेश हमाललाई चिन्दिन भनेको खबरले आज पनि तरंगित छ । यसपछि भने धिरेन र राजेश हमालविच खासै राम्रो सम्बन्ध बनेन । तर, आजको दिनमा राजेशको क्रेज उस्तै छ भने धिरेन पनि जसोतसो अघि बढिरहेका छन् ।

उनै, धिरेन द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीलाई लिएर फिल्म बनाउने तयारीमा छन् । यी दुइको सहकार्यमा बन्ने फिल्मको स्क्रिप्टमा काम भैरहेको छ । यो फिल्मका लागि राजेश हमाललाई अफर गर्ने धिरेन बताउँछन् । फिल्ममा शिव श्रेष्ठलाई अतिथी भूमिकामा खेलाउने उनको सोच छ ।

धिरेन शाक्य र राजेश हमालले एकसाथ फिल्म खेले भने पक्कै पनि चर्चा हुनेछ । तर, के राजेशले धिरेनको अफर स्विकार गर्लान् त ? यो भने प्रतिक्षाको बिषय हो ।

For More videos Log on to Mazzako TV