अभिनेत्री वर्षा सिवाकोटी दुबई पुगेकी छिन् । उनी, होलिडे मनाउन भन्दै दुबई पुगेकी हुन् । दुबइमा उनी आमासँग पुगेकी हुन् । आमासँग घुमघामका लागि पुगेकी वर्षाले स्किन सिटी अस्पतालको २ दिने मिटिङमा पनि सहभागी हुनेछिन् । अभिनेत्री वर्षाले फिल्म कालिपुरुष साइन गरेकी थिइन् । तर, अब यो फिल्मको नाम परिवर्तन भएको छ । फिल्मको नाम परिवर्तन गरेर यसको निर्माणपक्षले ए साथी सुन राखेको छ ।

ए साथी सुन फिल्मलाई राम राघव आचार्यले निर्देशन गर्दैैछन् । यो फिल्ममा उनीसँग रमेश बाँनियाको मुख्य भूमिका छ । फिल्मको छायांकन धरानमा हुनेछ । फिल्मलाई सस्पेन्स थ्रिलर कथामा बनाउने बताइएको छ । बीना कार्की फिल्मकी निर्मात्री हुन् ।

वर्षा दुबई उडेको भोलिपल्ट अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा पनि दुबइ उडेका छन् । उनीहरु भने फिल्म सम्हालिन्छ कहिले मनको छायांकनका लागि दुबई उडेका हुन् । २ सातासम्म यो फिल्मको छायांकन दुबइमा हुनेछ । निर्देशक सुदर्शन थापा र कोरियोग्राफर कविराज गहतराज पनि दुबई उडिसकेका छन् ।

For More videos Log on to Mazzako TV