निर्देशक रेनशा वान्तवा राइको निर्देशनमा बनेको डान्सिङ कथामा आधारित फिल्म आई एम ट्वान्टी वानको प्रदर्शन तीजमा हुने भएको छ । आउँदो बर्षको तीज भदौ २४ गते परेको छ । यो फिल्म भने भदौ १८ गतेबाट रिलिज गर्ने तयारी गरिएको हो ।

फिल्मको निर्माण टिमले त केही पनि भनेको छैन । तर, आन्तरिक रुपमा फिल्मलाई भदौ १८ मा ल्याउने तयारी भएको वुझिएको छ । वैशाख १ गते फिल्मको प्रदर्शन मिति सहितको फस्ट लुक सार्वजनिक गर्ने तयारीमा निर्देशक रेनशा छिन् ।

फिल्म आई एम ट्वान्टी वानमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङको मुखय भूमिका छ । यो फिल्मका लागि जसिता र धिरजले डबिङको काम सकिसकेका छन् ।

For More videos Log on to Mazzako TV