हल खुलेपनि सिनेमा नयाँ नभएर सुनसान बनेका हलहरुले आजबाट नयाँ नेपाली फिल्म त पाएका छन् । एउटा यस्तो प्रेम कहानी रिलिज भएको डेढ महिनापछि फिल्म गोर्खे रिलिज भएको हो । हलमा फिल्म नै नभएकाले पनि गोर्खेले मल्टिप्लेक्समा उल्लेख्य शोज पाएको छ । न हिन्दी, न नेपाली, न अंग्रेजी फिल्म छैनन् ।

फिल्म नहुँदा समस्यामा रहेका प्रदर्शकहरुले यो फिल्मलाई उल्लेख्य शोज दिएपनि दर्शक भने हलमा छैनन् । किम्मत गौतमको निर्देशनमा तयार भएको फिल्ममा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, एन्जल श्रेष्ठ लगायतका कलाकारको यो फिल्ममा अभिनय छ । गोर्खाली सैनिक बन्नका लागि ५ जना यूवकले गरेको संघर्षको कथा नै यो फिल्मले भन्छ ।

एउटा यस्तो प्रेम कहानीले दर्शक तान्न नसकेको अवस्थामा गोर्खेले थोरै मात्र माहोल बनाउने विश्वास त थियो । तर, फिल्म हल्लाखल्ली विना नै हलमा लागेकाले पनि दर्शक यो फिल्मबाट कम मात्र जानकार छन् ।

For More videos Log on to Mazzako TV