अभिनेता पल शाह र मोडल उषा उप्रेतीको प्रेम चर्चा केही समय अघि चलेको थियो । तर, यी दुइको प्रेम हल्ला मात्र सिमित भयो । अब, यही जोडीले एउटा भिडियोमा अभिनय गरेको छ । गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा समावेश ‘यस्तो माया’ बोलको गीतमा उनीहरुले अभिनय गरेका हुन् ।

यो गीतमा निशा शर्मा अर्यालको शब्द, दिपक शर्माको संगीत छ । सार्वजनिक गीतले प्रेमी–प्रेमिकाविचको अथाहा प्रेम र समर्पणलाई बोलेको छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा विधानले यूवा–यूवतीविचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशीनुको कथालाई उठान गरेका छन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियोलाई विधानले कलरफूल बनाएका छन् । पल र उषाको जोडी भिडियोमा गज्जबले सुहाएको छ ।

For More videos Log on to Mazzako TV