हामी यतिबेला बलिउडका केही हस्तीहरुको चर्चा गर्न गईरहेका छौ, जस्लाई बलात्कार जस्तो गम्भिर आरोप लागेको थियो । आउनुहोस् हेरौ को को हुन त ति हस्तीहरु–
इन्दर कुमार

Inder Kumar
सालमान खानसँग धेरै फिल्महरुमा काम गरिसकेका कलाकार इन्दर कुमारलाई २३ बर्षकी एक मोडललाई बलात्कार गरेको आरोप छ । यति मात्रै होईन, इन्दरले ति मोडललाई फिल्ममा रोल दिने बाचा गरि उनलाई बन्धक बनाएर कुटपिट गरेको पनि आरोप  छ ।

अंकित तिवारी

Ankit Tiwari

गायक अंकित तिवारीलाई पनि बलात्कारको आरोप लागेको छ । गायक अंकित तिवारीले ‘आशिकी २’ को  ‘सुन रहा है ना तु’ गाएर हिट भएका हुन् । लिव–इन गर्लफ्रेन्डलाई रेप गरेको आरोपमा अंकितलाई ८ मईमा गिरफ्तार गरियो ।

सुभाष कपूर

Subash kapoor

पत्रकार बाट फिल्ममेकर बनेका सुभाष कपूरलाई गीता त्यागीले सेक्सुअल मालेस्टेशन को आरोप लगाएकी छिन् । यतिमात्रै होइन, गीताले युट्युबमा एक भिडियो पनि अपलोड गरिन, जहाँ उनले सुभाष कपूरलाई थप्प्ड हानेको देखिन्छ । सुभाषले नेश्नल अवार्ड जीत्न सफल भएको चलचित्र ‘जली एल एल बी’ को निर्देशन गरेका थिए ।

मधुर भन्डारकर

Madhur Bhandarkar

प्रिति जैन नाम गरेकी एक अभिनेत्रीले फिल्ममेकर मधुर भन्डारकरले आफुलाई सेक्सुअल एक्सप्लोईटेसन गरेको आरोप लगाएकी थिईन । प्रिति जैनको आरोप के थियो भने १९९९ देखि २००४  को बीचमा भन्डारकरले फिल्ममा खेलाउने भन्दै उनलाई सेक्सुअल एक्सप्लोईटेसन गरे । तर, निकै लामो कानुनी लडाईपछि भारतको सुप्रिम कोर्टले २०१२ मा भन्डारकरलाई लागेको सबै आरोप खारिज गरिदियो  अनि उनलाई क्लिन चिट दिएको थियो ।
शाईनी आहूजा

Shaiyene aahuja

‘ग्याङ्गस्टार’, ‘लाईफ इन ए मेट्रो’ लगायत थुप्रै हिट चलचित्रहरुमा काम गरेका शाईनी आहूजाले आफ्नो अभिनयबाट निकै तारिफ बटुले । तर जून २००९ मा आफ्नै घरमा काम गर्ने महिलालाई रेप गरेको आरोपमा उनी पक्राउ परे । २०११ मार्चमा उनलाई ७ बर्षको जेल सजाय सुनाईयो । तर, २७ दिनसम्म जेलमा बसेपछि उनलाई जमानतमा छुटाईयो ।

For More videos Log on to Mazzako TV