राजधानीको हात्तीसारमा रहेको जय नेपाल हल सधैका लागि बन्द भएको छ । यो हल बन्द हुनुको कारण कोभिड र लिज नविकरण नगरिनु हो । जग्गा भाडामा लिएर यो हल क्वेष्ट इन्टरटेन्मेन्टले संचालन गर्दै आएको थियो ।

२० बर्षदेखि संचालन भैरहेको यो हल अब भने सधैका लागि बन्द भएको छ । यतिबेला हलको सामान धमाधम विक्री गर्ने काम भैरहेको छ । क्वेष्टका प्रमूख नकिम उद्दिनले मल नभएका स्थानमा फिल्म हल चलाउन सक्ने अवस्था नरहेको बताएका छन् ।

उनले जय नेपाल हलको समान धमाधम विक्री भैरहेको बताए । जय नेपाल हलमा एकल पर्दा थियो । यो हल हाउसफूल हुँदा सिनेमाले राम्रो कमाई गर्थे । तर, अब जय नेपाल हल इतिहास बनेको छ ।

For More videos Log on to Mazzako TV