अभिनेत्री प्रियंका कार्की एक रक्सीको प्रायोजनामा जन्मदिन र म्यारिज एनिभर्सरी मनाउन माल्दिभ्स पुगेकी छिन् । आफ्ना श्रीमान् अभिनेता आयुष्मान देशराज जोशीसँग उनी माल्दिभ्स पुगेकी हुन् । माल्दिभ्स पुगेर प्रियंकाले सार्वजनिक गरेका फोटोमा उनी निकै हट देखिएकी छिन् ।

कतै, उनीहरु स्विमिङ पूलमा एक अर्कासँग चुम्बन गरिरहेको देख्न सकिन्छ । गतबर्ष फागुणको १६ गते प्रियंका र आयुष्मानले बिहे गरेका थिए । यस्तै, फागुणको १५ गते प्रियंकाले आफ्नो जन्मदिन मनाउँदै आएकी छिन् ।

अभिनेत्री कार्की विदेश गएपछि विन्दास बन्ने गर्छिन् । उनले गतबर्ष ब्याचलर पार्टी मनाउन विदेश गएको समयमा सार्वजनिक गरेका फोटोले पनि सामाजिक संजालमा तरंग ल्याएको थियो ।

For More videos Log on to Mazzako TV