लोकप्रिय गायिका अन्जु पन्तले बिवाह गरेकी छिन् । उनले बुधबार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । यी दुई एक बर्षदेखि प्रेम सम्बन्धमा थिए, भने करिब ८ बर्ष देखी एक अर्कालाई चिन्दै आएका थिए । चाडै बिहे गर्ने बताउँदै आएका अन्जु र थिरले मिति भने तय गरेका थिएनन् ।

अन्जु र थिरले चर्चमा बिहे गरेको बताईएको छ । दुबै जना क्रिश्चियन धर्म मान्ने गर्छन् । पाटनको चर्चमा बिहे गरेको बुझिएको छ ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । अन्जु र थिरलाई वैवाहिक जीवनको मज्जाको शुभकामना ।

For More videos Log on to Mazzako TV