पौष ५ गते संसद विघटन गर्ने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई सर्वोच्च अदालतले वदर गरेको छ । योसँगै विघटित संसदको पुनः स्थापना भएको छ । योसँगै यो बिषयमा मानिसहरुका आ आफ्नै प्रतिक्रिया आउन थालेका छन् ।

अभिनेता भूवन केसीले पनि यो बिषयमा प्रतिक्रिया दिदै सर्वोच्चको निर्णयले संविधानमाथी खेलाचाी गर्ने शासकलाई लगाम लगाउने नजिर स्थापना गरेको बताएका छन् । उनले हजारौको भौतिक र मानसिक बलिदानपछि प्राप्त संविधानको सर्वोच्चताको रक्षा पनि सर्वोच्चले गरेको उनले बताएका छन् ।

सर्वोच्चको निर्णयले संविधानको अक्षरश पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि दिएको उनले लेखेका छन् । कठिन समयमा पनि सही निर्णय गर्ने न्यायमुर्तीहरुलाई सलाम भन्दै भूवनले नेतालाई गर्व गर्ने ठाउँ दिन पनि सुझाव दिएका छन् ।

For More videos Log on to Mazzako TV