अभिनेत्री वर्षा सिवाकोटीले फिल्म कालिपुरुष साइन गरेकी छिन् । वर्षाले अभिनय गरेका मनसँग मन, परदेशी २ र लक्का जवान रिलिजको क्रममा छन् । वर्षाको व्यस्तता नेपाली फिल्म क्षेत्रमा ह्वात्तै बढेको छ । फिल्मको नाम अहिले कालिपुरुष राखिएपनि पछि परिवर्तन हुने निर्माणपक्षले बताएको छ । विना कार्कीको निर्माणमा तयार हुन लागेको फिल्मलाई राघव आचार्यले निर्देशन गर्दैछन् ।

फिल्ममा नव अभिनेता रमेश बाँनियाको मुख्य भूमिका रहनेछ । फिल्मको अन्य टिम विस्तारै फाइनल गर्ने निर्माणपक्षले बताएको छ । सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको यो फिल्मको कथावस्तु र टिम मनपरेपछि आफूले फिल्म साइन गरेको वर्षाले बताएकी छिन् । इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको छायांकन फागुणको अन्तिम साताबाट हुनेछ ।

वर्षाले केही दिनमै अर्को एक फिल्म पनि साइन गर्नेछिन् । अभिनेत्री वर्षा सिवाकोटीको लकडाउन खुलेसँगै व्यस्तता बढेको छ । उनको विज्ञापन बजारमा पनि राम्रो माग देखिएको छ ।

For More videos Log on to Mazzako TV