अभिनेता पल शाहको प्रेम चर्चा सधै हुने गर्छ । म्यूजिक भिडियोमा आएपछि उनको प्रेम चर्चा झनै बढेको छ । उनले काम गरेका म्यूजिक भिडियोका मोडलसँग उनको नाम जोडिने गरेको छ । यतिबेला भने नेपाली सांगीतिक क्षेत्र बजारमा पलको नाम मोडल गरिमा शर्मासँग जोडिएको छ । गरिमा र पलले एकपछि अर्को म्यूजिक भिडियोमा काम गरेकाले पनि उनीहरुको नाम जोडिएको हो ।

पलले भिडियोका लागि गरिमाको नाम सिफारिश गर्ने गरेको चर्चा समेत चलेको छ । तर, पल गरिमासँगको नाम जोडाइलाइ अस्विकार गर्छन् । पलका अनुसार, उनले काम गरेका हरेक मोडलसँग उनको नाम जोडिएको छ । केमेष्ट्री मिलेपछि आफ्नो नाम गरिमासँग जोडिएको उनले बताए । तर, गरिमा र आफूले एक अर्कालाई सम्मान गर्ने र साथीको रुपमा हेरेको पलले बताए ।

पलको नाम यसअघि अभिनेत्री आँचल शर्मासँग पनि जोडिएको थियो । उनीहरुले प्रेम स्विकार नगरेपनि केही बर्ष उनीहरु गहिरो प्रेममा रहेका थिए । पलको नाम उषा उप्रेतीसँग पनि रुमरको रुपमा जोडिएको थियो ।

For More videos Log on to Mazzako TV