अभिनेता राजेश हमाल । सामाजिक संजालमा व्यस्त हुन थालेपछि दैनिक रुपमा केही न केही फोटो अपलोड गरिरहेका हुन्छन् । राजेश हमालले सामाजिक संजालमा अपलोड गर्ने फोटोमा कि त उनी घुमघाम गरिरहेका हुन्छन् भने कि उनी व्यायम गरिरहेका हुन्छन् ।

५५ माथिको उमेरमा पुग्दा पनि हमाल फिट छन् । उनी आफूलाई फिट राख्नका लागि दैनिक रुपमा व्यायम गर्छन् । हमालको फिटनेशको चर्चा उनका फ्यानले पनि खुबै गर्छन् । उनै, हमाल आफ्नै फिट शरीर देखेर दंग छिन् । उनले, जवानीलाई सलाम भन्दै फोटो राखेका छन् ।

आफू कहिले बुढो नहुने बताउँदै आएका हमालले उमेर पनि २५ भन्ने गर्छन् । हमालले जवानीलाई सलाम भनेर आफू अझै जवानीकै यात्रामा रहेको बताउन खोजेका छन् ।

For More videos Log on to Mazzako TV