अभिनेता आकाश श्रेष्ठको बिहे चर्चाले फिल्म क्षेत्र र उनका फ्यानहरुलाई तताएको छ । आकाश श्रेष्ठ नेपाली फिल्ममा म त तिम्रै हुँबाट आएका हुन् । यसपछि उनले लगातार फिल्ममा काम गरिरहेका छन् । म्यूजिक भिडियोमा पनि उनलाई रुचाइएको छ । तर, उनको करिअरमा भने प्रेम चर्चा नै बढी भयो । रामकहानी फिल्ममा अभिनेत्री पूजा शर्मासँग काम गरेपछि उनको नाम पूजासँग जोडियो ।

यसपछि यो जोडीको नाम छुटेको छैन । यही समयमा अभिनेता आकाश श्रेष्ठले बिहेको कुरा अगाडि सारेका छन् । आकाशले आफूले यो बर्ष या नभए अर्को बर्ष बिहे गर्ने बताएका छन् । चाडै नै दर्शकले खुशीको खबर सुन्न पाउने आकाशको भनाई छ । आकाशले बिहे गर्ने पक्का जस्तै भनेका छन् । तर, उनको जीवनमा को यूवतीको प्रवेश भएको हो भन्ने खुलेको छैन ।

अभिनेत्री पूजा शर्मासँग उनको नाम जोडिएको छ । तर, पूजाले आकाशसँग बिहेको बिषयमा भने केही पनि खुलाएकी छैनन् । आकाशले के अर्को बर्ष फ्यानलाई खुशीको खबर देलान् त ?

For More videos Log on to Mazzako TV