अभिनेत्री आँचल शर्माको हातमा फिल्म छैन । उनलाई म्यूजिक भिडियोमा काम गर्न भने फुर्सद छैन । उनलाई म्यूजिक भिडियोमा लिन मेकरले चाहेका पनि छन् । तर, फिल्ममा भने उनलाई समस्या देखिएको छ । उनले लकडाउन अघि सिनेमा झिंगे दाउमा काम गरेकी थिइन् । यो फिल्मपछि आँचललाई लिएर फिल्म बनाउन चाहने निर्माता देखिएनन् ।

नेपालमा मेकरले एकपछि अर्को फिल्म घोषणा गरिरहेका छन् । अभिनेत्रीहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, स्वस्तिमा खड्का, पूजा शर्मा, वर्षा राउत, वर्षा सिवाकोटी व्यस्त छन् । तर, आँचलको फिल्ममा भने उपस्थिती छैन । निर्देशक मिलन चाम्ससँग उनले आफै फिल्म बनाउने चर्चा पनि चलेको हो ।

तर, यो चर्चा चर्चामै सिमित हुने देखिएको छ । आँचलको हातमा भने फिल्म छैन । उनी म्यूजिक भिडियोको काममा नै रम्न थालेकी छिन् । आँचलले सिनेमा खेलेर प्रभाव पार्न नसकेका कारणले पनि यस्तो भएको हो कि ?

For More videos Log on to Mazzako TV