चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न भएको छ । शनिबार चलचित्र विकास बोर्डको हलमा तिनदिने कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा ४० बढी पत्रकारहरु सहभागी थिए ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको समापन भएको थियो । समारोहमा सहभागी प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्तवपूर्ण भूमिकामा खेलेको बताए ।

संघले प्रशिक्षार्थि मध्ये उत्कृस्ट फोटो खिच्ने मध्येबाट एक जनालाई लेन्स पुरस्कार दिने घोषणा गरिएको छ । कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ, र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिए ।

फोटोग्राफी र भिडियोग्राफीमा रुची भएका चलचित्र पत्रकारहरुका लागि कार्यशाला उपयोगी बनेको चलचित्र पत्रकार संघका महासचिव समिर बलामीले बताए । यो कार्यक्रमको संयोजन संघका संगठन उपाध्यक्ष कुबेर डंगोलले गरेका थिए। संघले आगामी दिनमा लेखन बृद्दी र अन्य बिषयमा कार्यशाला गर्दै जाने संघले घोषणा गरेको छ ।

For More videos Log on to Mazzako TV