अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता पुष्प खड्काले अभिनय गरेको फिल्म तिम्रो मेरो साथको छायांकन सकिएको छ । छायांकन सकिएको केही दिनपछि अभिनेत्रीले सामाजिक संजालबाट पुष्पसँगको रोमान्टिक फोटो रिलिज गरेकी छिन् ।

अभिनेत्री शाहले सार्वजनिक गरेको फोटोमा पुष्प स्विमिङ पूलमा टपलेस देखिएका छन् । साम्राज्ञी पनि स्विमिङ ड्रेसमा देखिएकी छिन् । यो फिल्मलाई लिएर साम्राज्ञी उत्साहित रहेको देखिन्छ । किनकी, उनले फिल्मका हरेक दिनको छायांकनको फोटो सार्वजनिक गरिन् ।

यदि, आफ्नो काममा रमाउने हो भने जे सुकै पनि गर्न मानिस तयार हुन्छ भन्दै उनले फोटो सार्वजनिक गरेकी छिन् । रमेश एम के पौडेलको निर्देशनमा यो फिल्म बनेको हो ।

For More videos Log on to Mazzako TV