अभिनेत्री स्वस्तिमा खड्कालाई एक साउथ फिल्मबाट अफर आएको छ । एन्जल मारिया सिनेमासँग नेपाली फिल्म कम्पनी अनन्या फिल्मस्ले मिलेर बनाउन लागेको थिरिमाली नामक सिनेमाबाट उनलाई अफर गएको हो । स्वस्तिमाले आफूलाई सिनेमाको बिषयमा एक चरण कुरा गरिएको बताइन् । तर, सिनेमा साइन भने आफूले गरि नसकेको उनको भनाई छ ।

अनन्या फिल्मस्का प्रमुख सरोज न्यौपानेले भने स्वस्तिमा फिल्ममा अनुवन्धित भैसकेको बताएका छन् । उनले, यो फिल्मले नेपालको एक जना केटाको कथालाई उठान गरेको बताएका छन् । नेपालमा ७० प्रतिशत र भारतमा ३० प्रतिशत यो फिल्मको छायांकन हुनेछ । अनन्या फिल्मस्ले यो फिल्मको हिन्दी भर्सनलाई डब गर्ने छ ।

अनन्या र एन्जल मारियाले फिल्ममा लगानी गर्नेछन् । फिल्मका लागि केही कलाकार भारतबाटै आउनेछन् । नेपाली फिल्मका केही कलाकार र प्राविधिकले पनि यो सिनेमामा काम गर्नेछन् ।

For More videos Log on to Mazzako TV