नेपाली फिल्मकी सफल पाश्र्व गायिका, नेपाल आइडलकी निर्णायक इन्दिरा जोशी २ बर्षदेखि आफू प्रेममा रहेको बताएकी छिन् । उनले सामाजिक संजालमा प्रेमीले लगाइदिएको रिङको फोटो सार्वजनिक गर्दै प्रेममा रहेको बताएकी हुन् ।

उनले, प्रेममा रहेको खुलाएसँगै उनलाई वधाइको ओइरो लागेको छ । इन्दिराका प्रेमीले आफूलाई स्टार भन्दै आएका छन् । र, आफूलाई चन्द्रमा भनेर भनेको उनले बताइन् ।

यो प्रेम २ बर्षदेखि जारी रहेको र जिवनको अन्तिम श्वास रहेसम्म रहने प्रतिवद्धता पनि उनीहरुले व्यक्त गरेका छन् । इन्दिराले यसअघि आफ्नो प्रेमको बिषयमा केही पनि खुलाएकी थिइनन् । उनले पहिलो पटक प्रेम रहेको बताएकी हुन् ।

For More videos Log on to Mazzako TV