टाढा नजाउ मलाई छोडी, कस्तो लाग्यो त नम्रता र कर्मको जोडी ?
प्रशंग हो चलचित्र संघको चुनावी नजिता पछिको पार्टीको । नायिका नम्रता श्रेष्ठ र नायक कर्म शनिवार बेलुकी पार्टीमा सँगै देखिएका थिए । पार्टी चलिरहेको थियो, पार्टीमा उनीहरु साढे आठ बजेतिर पुगेका थिए । चलचित्र संघका नवनिर्वाचित अध्यक्ष नकिम उद्दिनलाई शुभकामना दिन उनीहरु पार्टीमा पुगेको थिए ।
नम्रता र कर्म पुराना साथीहरु भएपनि पार्टीमा एक अर्कासँग एकछिन छुट्टिन नचाहेको देख्दा ‘दालमे कुछ काला है’ भनेर खासखास खुसखुस नचलेको पनि कहाँ हो र ?
केही साताअघि सम्म नायिका श्रेष्ठ बिरामी भएर पुर्णत रेष्टमा रहेकी थिईन । यतिबेला उनी स्वास्थ्य लाभ गरिरहेको छिन् । ‘पेटमा पाईप राखिएको छ, तर अहिले निकै आराम भईरहेको छ’, नम्रताले मज्जाको अनलाईनसँग भनिन् ‘केही चलचित्रका कामहरु भईरहेका छन् तर मैले पुर्णरुपमा समय दिन सकिरहेकी छैन, अब निको भएपछि भने काममा निकै ब्यस्त हुनेछु।’ केही दिनअघि नायिका श्रेष्ठको पत्थरीको अप्रेसन गरिएको थियो ।
ललितपुरको मोक्ष बारमा भएको पार्टीमा भने उनी निकै हेल्दी र खुशी देखिएकी थिईन । सायद कर्म उनको साथैमा भएर पनि हुनसक्छ । फोटो सेसनमा पनि उनले कर्मको साथ छोडिनन् । यता, कर्मले पनि नायिकाको भरपुर साथ दिए । सुटुक्कै नायिका बाथरुम छिर्दा कर्मलाई पत्तो भएन, उनले नम्रतालाई पार्टीमा यताउति खोजेको दृश्य पनि निकै रमाईलो नै देखिएको थियो । लाग्थ्यो उनीहरु बीचमा सेयरिङ्ग र केयरिङ्ग निकै राम्रो चलिरहेको छ ।
त्यस्तै, पार्टीमा निर्देशक निश्चल बस्नेत र नायिका ऋचा शर्माको निकटताको पनि चर्चा नचलेको कहाँ हो र ? निकै अबेरसम्म पनि उनीहरु सँगै देखिएका थिए । कानेखुशी गर्दै र साउती मार्दै आफ्नै दुनियाँमा मस्त देखिन्थे निर्देशक र नायिका । वाह, क्या दोस्ती छ हाम्रा कलाकारहरुको । सधै यस्तै रहोस् । शुभकामना ।
For More videos Log on to Mazzako TV