अभिनेता प्रदीप खड्काको मुख्य भुमिका रहने फिल्म ‘प्रकाश’ को निर्माण घोषणा गरिएको छ । मंगलवार सरस्वती पूजाको अवसरमा राजधानीमा एक कार्यक्रमको आजोजना गर्दै फिल्मको ‘कास्ट एन्ड क्रियू’ सार्वजनिक गरियो । फिल्ममा प्रदीपसंग नव अभिनेत्री रेनु योगीले रोमान्स गर्दैछिन् । रेनुलाई निर्माण टिमले अडिसनबाट छनोट गरेको हो ।

फिल्म दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी (आँपे), हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहनेछ । राजेश श्रेष्ठले खिच्ने फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । फिल्मलाई फागुनबाट जुम्लाको एक गाउँमा खिचिनेछ ।

फिल्ममा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ । महेन्द्र अधिकारीले निर्माण गर्ने फिल्ममा जीवन थापाको सम्पादन रहनेछ ।

For More videos Log on to Mazzako TV