प्रेम दिबसको अबसरमा निर्देशक दिवाकर भट्टराई निर्देशित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शिव परियार र बानिका प्रधानको स्वर रहेको ‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीत शिव परियार अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको हो । हरिभक्त बुढाथोकीको शब्द रहेको गीतमा दिपक सिलवालको संगीत सुन्न सकिन्छ ।

नेपाली सुगम संगीतका लोकप्रिय गायक शिवको यो गीतमा अडियो पक्ष निकै मज्जाको छ । भने नेपाली फिल्मका चर्चित निर्देशक दिवाकर निर्देशित भिडियो पनि हेर्दा मज्जा लाग्छ ।भिडियोमा रिता कट्टेल, इन्जामम अलि खान, जेरी साउद र सुप्रिया खनालको अभिनय रहेको छ । महेश पौडेल डिओपी रहेको भिडियोलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो

For More videos Log on to Mazzako TV