निर्माताद्धय सुवर्ण थापा र सौगात मल्लले सिनेमा दि सेक्रेट्स अफ राधाको छायांकन सुरु गरेका छन् । यो फिल्मको छायांकन पालुङबाट सुरु भएको छ । दुई सातासम्म यो स्थानमा फिल्म खिचिनेछ । यो फिल्ममा सौगात मल्ल र खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् ।

अब, फिल्ममा अभिनेत्रीको रुपमा श्रृष्टी श्रेष्ठ र मेनुका प्रधान पनि प्रवेश गरेका छन् । सौगात, श्रृष्टी, खगेन्द्र फिल्मको छायांकनमा छन् भने मेनुकाले केही दिनमा फिल्मको छायांकन सुरु गर्नेछिन् । हाल उनी गणपथ सिनेमाको छायांकनमा छिन् ।

फिल्ममा अभिनेता दयाहाङ राई र निश्चल बस्नेत पनि छन् । उनीहरु भने फिल्ममा विशेष भूमिकामा छन् । सौगात मल्ल यो फिल्मबाट निर्माताको रुपमा उदाउँदैछन् ।

For More videos Log on to Mazzako TV