दिवाकर भट्टराइको निर्देशनमा तयार हुन लागेको फिल्म तिमीसँगै हुने मन छ मा भारतका एक कलाकारले प्रमुख भूमिकामा काम गर्ने भएका छन् । यो फिल्ममा मुम्बइका रोहित सुचान्तीले अभिनय गर्ने फाइनल भएको छ । दिवाकरले पनि उनीसँग आफू केही हप्ता अघि मुम्बई गएको बेलामा कागजी संझौता गरेको बताएका छन् ।

यो फिल्ममा अभिनेत्रीमा दीपिका प्रसाँइले काम गर्दैछिन् । सिनेमाका लागि भारतीय प्राविधिकहरुलाई नेपाल ल्याउने तयारी दिवाकरले गरेका छन् । यो फिल्म ठूलो क्यानभासमा बनाउने तयारी दिवाकरले गरेका छन् । यो फिल्मका लागि सुरुवातमा दिपिका प्रसाँई र निराजन प्रधानको नाम चर्चामा थियो ।

तर, उनीहरु चर्चामै सिमित भएका छन् । रोहितले ‘तुने प्यार किया, रिश्ता लिखंगे हम नयाँ’ लगायतका सिरियलमा काम गरिसकेका छन् ।

For More videos Log on to Mazzako TV