निर्देशक रेनशा वान्तवा राइले फिल्म आई एम ट्वान्टी वानको छायांकन सकाएकी छिन् । उनले, सिनेमाको छायांकन सक्दा आफूलाई सगरमाथा चढेको भन्दा पनि गाह्रो भएको बताएकी छिन् । नेपालमा यस्तो कथामा यसअघि सिनेमा नबनेको भन्दै उनले आफू कोरियोग्राफर पनि भएकाले फिल्म बनाउन केही सजिलो भएको बताइन् ।

यो फिल्मको छायांकन ५५ दिनमा सकिएको छ । कात्तिक १ गतेबाट यो फिल्मको छायांकन सुरु भएको थियो । तर, विभिन्न समय ब्रेक लिदै फिल्मको छायांकन भयो । फिल्मले डान्सको कथा भन्नेछ । यसैले पनि पहिलो पटक यस्तो कथामा सिनेमा बनाएकाले पनि नयाँ अनुभव भएको र दर्शकले पनि नयाँ स्वाद पाउने रेनशाको भनाई छ ।

यो फिल्ममा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका छ । यो जोडीले फिल्ममा रोमान्स भन्दा पनि डान्स धेरै गरेको छ । फिल्मबाट १२ जना नयाँ अनुहार भित्रने रेनशाको भनाई छ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन ।

For More videos Log on to Mazzako TV