गायिका अन्जु पन्त र गीतकार थिर कोइराला बिहेको तयारीमा छन् । मिडियामा यो खबर सार्वजनिक भएको केही दिन भयो । तर, यी दुइले औपचारिक रुपमा यो बिषयमा केही पनि बोलेका थिएनन् । तर, अब भने थिरले तस्वीर नै सार्वजनिक गरेर अन्जुसँग बिहे हुन लागेको बताएका छन् ।

थिरले अन्जु र आफू केही समयदेखि प्रेममा रहेको पनि बताएका छन् । प्रेममा रहेको बताउँदै उनले चाडै नै एक हुने तयारीमा रहेको पनि बताएका छन् । उनले, अन्जु र आफूलाई आएका शुभकामनाले उत्साहित भएको पनि बताएका छन् । थिरका अनुसार, उनीहरु एक बर्षदेखि प्रेममा छन् । यो जोडीले अर्को बर्ष बिहेको तयारी गरेको वुझिएको छ ।

गायिका अन्जु पन्तले एक दशक अगाडि डिभोर्स गरेकी थिइन् । डिभोर्सपछि उनी एक्लो जीवन विताउँदै आएकी थिइन् । तर, छोरी परितोशिकाले बिहे गर्नुपर्छ भनेर दबाब दिएकाले आफूले बिहेको बारेमा सोच्न थालेको अन्जुले बताउँदै आएकी थिइन् ।

For More videos Log on to Mazzako TV