अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता आर्यन सिग्देल फिल्म डिसेम्बर फल्समा काम गरिरहेका छन् । उनीहरु अभिनित यो फिल्मको छायांकन पोखरामा भैरहेको छ । यो फिल्ममा यी दुइले एकसाथ काम गरेपनि यी दुइको एकसाथको फोटो भने बाहिर आएको थिएन ।

तर, अभिनेता आर्यन सिग्देलले नै फोटो सार्वजनिक गरेका छन् । उनले, फेवातालमा निकै नै जाडो भएको भन्दै छायांकनमा भने रमाइलो भैरहेको बताएका छन् । फिल्म डिसेम्बर फल्सले उमेर अन्तर केही ग्याप भएका प्रेमी र प्रेमिकाको कथालाई उठान गरेको छ ।

लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई प्रविण झाले निर्देशन गरिरहेका छन् । फिल्मको बाहिरिएको फोटोमा आर्यन र उपासना अंगालोमा बाधिएका छन् ।

For More videos Log on to Mazzako TV