लोकप्रिय गायिका अन्जु पन्तले बिहेको तयारी गरेकी छिन् । उनी आफ्ना नजिकका साथी थिर कोइरालासँग बिहेको तयारीमा लागेकी हुन् । अन्जुका अनुसार, उनी अर्को बर्ष बिहेको तयारीमा छिन् ।

अन्जु र थिरविच निकट सम्ब्न्ध छ । अन्जुका साथी थिरले आफू र अन्जुविच विगत १ बर्षदेखि प्रेम रहेको बताएका छन् । गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराजविच एक दशक अगाडि डिभोर्स भएको थियो । डिभोर्स भएपछि अन्जु छोरी परितोसिकासँग रहँदै आएकी थिइन् । तर, छोरीले उनलाई बिहेका लागि दबाब दिइरहेकी थिइन् । छोरीको दबाब आफूमाथि अन्त्यन्त परेको भन्दै अन्जुले बिहे गर्ने बताएकी थिइन् ।

अन्जु र थिरले बिहेको बिषयमा कुरा भएपनि अहिले नै कुन दिन गर्ने भन्ने फाइनल नभएको बताएका छन् । उनीहरुका अनुसार, चाडै नै बिहेको मिति टुंगो लाग्नेछ । तर, मिडियामा आएजस्तो पहिरन नै सिलाउन दिएको, भव्य बिहे गर्ने भन्ने बिषयमा कुनै कुरा भएको छैन ।

अन्जु पन्त र थिरको चिनजान भने लामो हो । दुबै जना क्रिश्चियन धर्मसँग आवद्ध छन् ।

For More videos Log on to Mazzako TV