रुसमा रहेर सामाजिक संजालमा आफ्नो प्रभाव बनाउँदै गएका सन्देश लम्साल मोडलिङमा पनि जमिरहेका छन् । सन्देशका टिकटक, लाइकी, मोज, हेलो, चिङ्गारी, जोश, टाङ्गी, गुगल, विङ्ग, एमाजोन, याहु लगायतका सामाजिक संजाल भेरिफाइर्ड छन् ।

उनी, अधिकांश सामाजिक संजाल भेरिफाइर्ड हुने पहिलो नेपाली सोशल मिडिया प्रयोगकर्ता तथा मोडल समेत हुन् । इन्स्टाग्रममा १ लाख भन्दा बढी फलोअर्स कमाएका सन्देशले गुगलर अमेजन जस्ता अन्तरराष्ट्रिय ब्रान्डसँग पनि सहकार्य गरेका छन् । सोशल मिडियामा लोकप्रिय बन्दै गएका कारण पनि उनको खबर विश्वका थुप्रै देशका पत्रिकामा समेत प्रकाशित भैसकेको छ ।

मनिषा कोइराला र सुनिल थापालाई आफ्नो आइडल मान्ने सन्देश सामाजिक संजालमा मोडलिङ जमिरहेका छन् । उनी, नेपाल आएर म्यूजिक भिडियो तथा चलचित्रमा अभिनय गर्ने बताउँछन् । ताइक्वान्डोमा समेत २ डान ब्ल्याक बेल्ट प्राप्त गरेका सन्देशले रसियामा यो बर्ष चिकित्सा शास्त्रको पढाई सक्नेछन् ।

उनले विभिन्न समयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्वयंमसेवकको रुपमा काम गरेका छन् । सन्देश नेपाल आएर चिकित्सा विज्ञान, सामाजिक कार्यमा अगाडि बढ्दै मोडलिङमा समेत जम्ने विश्वास व्यक्त गर्छन् ।

For More videos Log on to Mazzako TV