मुकुन्द भट्टको निर्देेशनमा बनेको फिल्म लप्पन छप्पन २ को प्रदर्शन मिति फेरि सरेको छ । कहिले कोभिडका कारणले त कहिले काम नसकिएको कारण देखाउँदै यो फिल्मको प्रदर्शन मिति बारम्बार पछि सरेको हो । फिल्म लप्पन छप्पन २ फागुणको २७ गते महाशिवरात्रीको अवसर पारेर रिलिज हुने तयारीमा थियो ।

तर, अब यो फिल्मको प्रदर्शन मिति फेरि पछि सरेको छ । फिल्मको भीएफएक्सको काम नसकिएको भन्दै निर्माताले फिल्मको प्रदर्शन मिति चैत्र २७ गते पुर्याएका छन् । यो मितिमा मनसँग मन आउने पक्का भैसकेको थियो । फिल्म लप्पन छप्पन २ मा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय छ । फिल्मलाई एक्सनको नयाँ डोज भनिएको छ ।

For More videos Log on to Mazzako TV