अभिनेता अनमोल केसीले आफूलाई चोर भनेका छन् । अभिनेताले आफूलाई किन चोर भनेका होलान् भन्ने लाग्न सक्छ । अनमोलले केही चोरेर आफूलाई चोर भनेका भने होइनन । अभिनेताले आफू चोर भएको र यो क्षेत्रमा दर्शकको मन चोर्न आफू आएको उल्लेख गरेका छन् । आफ्नो तस्वीर सार्वजनिक गर्दै अनमोलले आफूलाई चोर भनेका हुन् ।

पहिलो फिल्म होस्टेलपछि निरन्तर दर्शकको मनमा बस्दै आएका अनमोल सर्वाधिक महंगा र व्यस्त अभिनेतामा पर्छन् । उनको माग फिल्ममा मात्र नभएर विज्ञापन बजारमा पनि उस्तै छ । उनै, अनमोलले आफू चोर भएको र दर्शकको मन चोर्न आएको बताएका हुन् ।

अनमोलले फिल्म ए मेरो हजुर ४ को ९० प्रतिशत छायांकन सकाएका छन् । उनी, चाडै नै घरको फिल्म पारस सुरु गर्ने तयारीमा छन् । अनमोलका हजारौ यूवायूवती फ्यान छन् ।

For More videos Log on to Mazzako TV