यो बर्षको दशैंमा कुनै पनि नेपाली फिल्म रिलिज हुन सकेन । कोरोनाका कारण नेपाली फिल्म रिलिज हुन नसकेको हो । तर, दशैं भन्ने वित्तिकै निर्माताहरुविच लडाई हुने गर्दथ्यो । दशैंमा लामो बिदा हुने भएकाले पनि निर्माताहरु फिल्म रिलिज गर्नका लागि तछाडमछाड गर्छन् । तर, गतबर्षको दशैंबाट भने नेपाली फिल्मका निर्मातालाई समस्या पर्न थालेको छ ।

गतबर्षको दशैंमा हिन्दी फिल्म वार रिलिज भयो । जसलेगर्दा, सो दिनमा अरु नेपाली फिल्म रिलिज हुनै सकेनन् । छ माया छपक्कै फिल्म वार रिलिज भएको एक सातापछि रिलिज भयो । जसलेगर्दा, वारलाई निर्माताले एकलौटी रुपमा हल छाडिदिनुपर्यो । हिन्दी फिल्म रिलिज हुँदा नेपाली फिल्मले शोज कम पाउने भएपछि चलेका ब्यानरका निर्माता पनि डराउनुपर्ने अवस्था छ । आउँदो बर्षको दशैंमा पनि नेपाली फिल्म आउन कस्सिएका छन् ।

४ वटा नेपाली फिल्मले यो मितिमा रिलिज तय गर्ने बताइएको छ । जसमा परदेशी २ त दशैंमा आउने पक्का भैसकेको छ । तर, यो मिति बाहुबली जस्तो फिल्म रिलिज गरेका निर्देशक एसएस राजमौलीको फिल्म आर आर आर आउँदैछ । यो फिल्ममा रामचरण, जुनियर एनटीआर, आलिया भट्ट, अजय देवगण जस्ता कलाकारको अभिनय छ ।

अब, के आउँदो बर्षको दशैंमा पनि नेपाली फिल्मका निर्माता डराएरै भाग्ने हुन् ? या साउथ फिल्मसँग जुध्न तयार होलान् । यो भने हेर्न रोचक हुनेछ ।

For More videos Log on to Mazzako TV