अक्षयको ‘बेबी’, हिन्दी कि अंग्रेजी ?
बलिउड ‘खेलाडी कुमार’ अर्थात अक्षयले २० बर्षपछि नेपालमा आएर सुटिङ्ग गरेको चलचित्र ‘बेबी’ अंग्रेजी चलचित्र ‘अर्गो’बाट प्रेरित भएको जानकारी आएको छ । चलचित्रका निर्देशक निरज पाण्डेले हलिवुड सिनेमा ‘अर्गो’ बाट आफ्नो चलचित्र प्रेरित भएको बताएका छन् ।
२०१२ मा रिलिज भएको ‘अर्गो’ बेन ऐङ्खलेक ले अभिनय तथा निर्देशन गरेका हुन । यो फिल्मले बेस्ट पिक्चर समेत गरेर अस्करमा ३ वटा एवार्ड हात पारिसकेको छ । ‘अर्गो’ सीआईए को असली मिशनमा आधारित थियो, जो ईरानमा नोभेम्बर १९७९ अमेरिकी दूतावासमा बन्धक बनाईएका अमेरिकी नागरिकलाई सुरक्षित रुपमा निकाल्नको लागि शुट गरिएको थियो ।
सिनेमामा गुप्तचर टोनी म्यान्डेजले योजना बुन्छन् । उनले एक नक्कली फिल्म कम्पनी बनाउछन् जस्मा क्यानेडियन क्रु फिल्मको लागि भव्य लोकेशन सर्च गर्न ईरान जान्छन् । टोनी त्यहाँ पुगेर बन्धक बनाइएकालाइ क्रू को सदस्य बनाएर फिर्ता ल्याउछन्। चलचित्र ‘अर्गो’को कथाबस्तु यस्तै यस्तै नै रहेको थियो ।
नेपालमा सुटिङ्ग अवधिदेखि नै निकै विवादित बनेको सिनेमा ‘बेबी’मा भने ‘अर्गो’का के कस्ता कुराहरु समान देख्न सकिनेछ भन्ने बिषयमा भने अहिल्यै बताउन मुश्किल छ । तर चलचित्रको थिमलाईन भने समान रहेको जानकारीमा आएको छ ।
For More videos Log on to Mazzako TV