अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहने फिल्म प्रकाशका लागि अभिनेत्री पनि फाइनल गरिएको छ । यो फिल्मका लागि अडिसनबाट कास्टिङ डिरेक्टर अनुप बरालले अभिनेत्री फाइनल गरेका हुन् । यो फिल्ममा प्रदिपसँग् कलाकार रेनु योगीले काम गर्ने पक्का भएको छ । यो फिल्मको निर्देशन दिनेश राउतले गर्दैछन् ।

फिल्मका लागि धनगढीकी रेनु योगीलाई फाइनल गरेपछि निर्माण टिम फागुणको दोश्रो साताबाट फिल्मको छायांकनका लागि जुम्ला जानेछ । रेनु थिएटरमा काम गर्दै आएकी कलाकार हुन् । उनले अभिनेता दयाहाङ राइसँग मितज्यू नामक नाटकमा पनि अभिनय गरिसकेकी छिन् ।

विनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहनेछ । चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । यो फिल्मको छायांकन ४५ दिनसम्म जुम्लामा गरिनेछ ।

For More videos Log on to Mazzako TV