अभिनेता पुष्प खड्कालाई केही बर्ष अघिसम्म फिल्म पाइन्छ कि पाइदैन भन्ने थियो । तर, अहिले उनी कुन फिल्म गर्ने र कुन छाड्ने भन्ने दोधारमा देखिन थालेका छन् । उनको हातमा फिल्मको अफर नै अफर छ । उनीसँग आधा दर्जन फिल्म लाइनअपमा देखिएका छन् । यसैले पनि उनी कुन फिल्म गर्ने र कुन छाड्ने भन्ने दोधारमा छन् ।

फिल्म तिम्रो मेरो साथको छायांकनमा व्यस्त पुष्पलाई अभिनेता राजेश हमालले मुख्य भूमिका निर्वाह गर्ने फिल्म सत्यम्बाट पनि अफर आएको छ । यस्तै, उनलाई रमेश वुढाथोकीले निर्देशन गर्न लागेको फिल्म सुदुरबाट पनि अफर आएको छ । पुष्पले फिल्म कृष्ण लीलाको छायांकन सकेर तिम्रो मेरो साथमा काम गरिरहेका हुन् ।

उनले निर्देशक मुकुन्द भट्टको नयाँ फिल्मका लागि पनि समय दिनुपर्नेछ । यस्तो अवस्थामा उनले अफर आएका सबै फिल्म गर्न सक्ने अवस्थामा छैनन् । यसैले पुष्प अफर आएका सबै फिल्म सेड्यूल मिलाएर गर्छन् या गर्दैनन् हेर्न बाँकी छ । तर, पुष्प अहिलेका सर्वाधिक व्यस्त अभिनेता भने बनेका छन् ।

For More videos Log on to Mazzako TV