अभिनेता दीपकराज गिरीलाई युटुबमा फिल्म रिलिज नगरेको भन्दै खुबै गाली आउथ्यो । यसैले पनि उनलाई सामाजिक संजालमा गाली गर्नेको संख्या धेरै थियो । दीपकले नै बनाएका छक्का पन्जा र छक्का पन्जा २ ले पनि गाली धेरै नै खाए । युटुबमा रिलिज भएपछि पनि यी दुई फिल्मलाई दर्शकले गाली गरे ।

तर, अब गालीको संख्या कम प्रशंसा धेरै हुन थालेको छ । फिल्म छक्का पन्जा ३ एक महिना अघि युटुबमा आयो । यो फिल्मलाई दर्शकले खुबै रुचाए । फिल्म हेर्ने अधिकांशले यसलाई मन पराए । दीपकराज गिरी र उनको टिमले उठाएको बिषयलाई दर्शकले प्रशंसा गरे । फिल्म छ माया छपक्कै पनि बुधबार बिहानै युटुबमा रिलिज गरियो ।

पाइरेसी धेरै भएपछि यो फिल्म योजना भन्दा चाडै युटुबमा आयो । यो फिल्मले पनि प्रशंसा धेरै पाएको छ । दर्शकले फिल्मले उठान गरेको बिषयलाई मन पराएका छन् । यसरी हेर्दा दीपकको फिल्मले गाली कम पाउन थालेका छन् । यसको प्रत्यक्ष असर उनको आगामी प्रोजेक्टमा पर्ने निश्चित छ ।

For More videos Log on to Mazzako TV