फिल्म छ माया छपक्कै युटुबमा रिलिज गरिएको छ । युटुबमा पाइरेसी हुन थालेपछि फिल्मलाई यसको निर्माणपक्षले रिलिज गरेको हो । यो फिल्म गतबर्षको दशैंमा रिलिज भएको हो । तर, रिलिज भएको केही समयपछि यो फिल्मलाई एपमा रिलिज गरिएको थियो ।

एपबाटै फिल्म पाइरेसी भएपछि हतारमा यसलाई युटुबमा रिलिज गरिएको हो । यो फिल्मले गतबर्ष सर्वाधिक कमाई गरेको थियो । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको अभिनय छ ।

फिल्मलाई युटुबमा दर्शकले रुचाएका छन् । यो टिमले बनाएको फिल्म छक्का पन्जा ३ केही साता अघि मात्र युटुबमा आएको थियो ।

For More videos Log on to Mazzako TV