अभिनेता राजेश हमालले नयाँ फिल्म साइन गरेका छन् । केही समय ब्रेक लिएका अभिनेता हमालले फिल्मको कथा मन परेपछि सत्यम् साइन गरेका हुन् । यो फिल्ममा अभिनेता हमालको शिर्ष भूमिका रहनेछ ।

फिल्ममा अभिनेता हमालसँगै अनुप विक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ । अभिनेता अनुप विक्र शाही भने फिल्ममा खलपात्रको भूमिकामा देखिदैछन् ।
फिल्म सत्यम्लाई शंकर कार्कीले निर्देशन गर्दैछन् । शंकरले यसअघि फिल्म रोमियो निर्देशन गरेका थिए ।

पारिवारिक तथा एक्सन कथामा बन्न लागेको यो फिल्मका लागि अभिनेत्री उपासना सिंह ठकुरीसँग कुरा भैरहेको छ । उपासनासँग मौखिम सहमती भएपनि लिखित सहमती भने भैसकेको छैन ।
बागमती, शकुन्तला जस्ता फिल्म असफल भएपछि अभिनेता हमालले फिल्म खेल्ने निर्णय गरेका थिएनन् ।

For More videos Log on to Mazzako TV