चलचित्र ‘नागबेली’को शिर्ष गीत ‘आज त खुशीको दिन’ रिलिज गरिएको छ । युट्युबमार्फत रिलिज गरिएको उक्त गीतमा गाँउले परिवेशमा नृत्य गरिरहेको देख्न सकिन्छ । असार २७ गतेबाट अलनेपाल रिलिज हुन लागेको चलचित्र ‘नागबेली’को निर्देशन नृत्य निर्देशक गोविन्द राईले गरेका छन् ।

चलचित्र ‘नागबेली’मा कलाकारहरुको रुपमा दयाहाङ्ग राई, हर्षिका श्रेष्ठ, सुरभी जैन, विक्की मल्ल, यसराज गरज, सम्भव श्रेष्ठ लगायतलाई देख्न पाईनेछ । चलचित्रको निर्माण निर्देशक गोविन्द राईकी धर्मबहिनी रोमियन लिम्बुले गरेकी हुन् । चलचित्रको स्क्रिप्ट समीक्षक दिपेन्द्र लामाले लेखेका हुन् ।

 

हेरौ, चलचित्र ‘नागबेली’को नयाँ गीत यस्तो छ । 

For More videos Log on to Mazzako TV