अनितेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने फिल्म ‘डिसेम्बर फल्स’ को डिजिटल अधिकार र अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । फ्लोरमा जाने तयारीमा रहेको फिल्मको युट्यूव र अष्ट्रेलिया प्रदर्शनको अधिकार नेप आर्ट युट्युव डिजिटल र ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले खरीद गरेको हो ।

‘डिसेम्बर फल्स’का टिजर, गीत, ट्रेलर र पुरा फिल्म पनि ‘नेप आर्ट’ नामक युट्यूव च्यानलमा उपलोड हुने छन् । फिल्ममा आर्यन र उपासनासंगैसलोन बस्नेत, शिवहरि पौडेल, दयाराम दाहाल र नरेश भट्टराई लगायतको अभिनय रहने छ । आइतबारबाट फिल्मको छायांकन पोखराबाट सुरु हुने बताइएको छ ।

प्रेम कथामाथि आधारित यो फिल्मलाई प्रविण झाले निर्देशन गर्नेछन् । छायांकार महेश आर गुप्ता हुन् । यी दुबै भारतीय फिल्ममा काम गरिसकेका प्राविधिक हुन । लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मका रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता हुन् ।

For More videos Log on to Mazzako TV