पहिलो नेपाल आइडल बुद्ध लामा र ममता गुरुङको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘हेरी रहु’ बोलको गीतको म्युजिक भिडियो आइतबार बुद्ध लामाको अफिसियल युटुब च्यानलमा सार्वजनिक भएको हो । एल्बिन थापा मगर र बुद्धकै शब्द रहेको गीतमा स्वयम बुद्धले संगीत भरेका हुन् । रिकेश गुरुङ गीतका एरेन्जर हुन् ।

सार्वजनिक भिडियोमा बुद्ध लामासंगै प्रियना आचार्य मुन्नीको अभिनय रहेको छ । त्यसोत यो जोडीले डान्सिङ वी द स्टारबाट राम्रो चर्चा पएका थिए । डान्सिङ वी द स्टारमा बुद्ध उपबिजेता बन्दा प्रियना अचार्य सेकेन्ड रनरअप बनेकी थिइन् । सार्वजनिक भिडियोमा यी दुइको केमेष्ट्रि समेत मज्जाको देखिएको छ ।

भिडियोका निर्देशक युवराज वाइवा हुन् । निशल पौडेलले खिचेको भिडियोलाई बिकाश दहालले सम्पादन गरेका हुन् । यस्तो बनेको छ भिडियो :

For More videos Log on to Mazzako TV