फिल्म मनसँग मनको प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म चैत्रको २७ गतेबाट रिलिज हुने भएको छ । हल खुलेसँगै नेपाली मेकरहरुले फिल्मको प्रदर्शन मिति तय गर्न थालेका हुन् । फिल्मको प्रदर्शन मिति सार्वजनिक भएसँगै यसको मेरो त भाग्य बोलको गीत पनि रिलिज गरिएको छ । गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन किरणको शब्द छ ।

गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेले भिडियोलाई कोरियोग्राफी गरेका हुन् । अर्जुन जीसीको सम्पादन यो गीतको भिडियोमा छ । यो भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटीको नृत्य हेर्न सकिन्छ । यस्तै, अतिथी कलाकारको रुपमा चलचित्रको यो गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् ।

गीतको भिडियोमा कलाकारद्धय बुद्दि तामाङ र रविन्द्र झालाई पनि देख्न सकिन्छ । चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ । कैलाश राइको निर्देशनमा बनेको चलचित्रमा अरुण तामाङको लगानी छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो ।

For More videos Log on to Mazzako TV